विराटनगर,१५ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि माघ १६ गते विराटनगरमा ६० हजार समर्थक उतार्ने दावी गरेको छ । (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले अनलाइन सगरमाथा संगको कुराकानीमा बताएका हुन ।

भोलि माघ १६ विराटनगरमा ६० हजार समर्थक उतार्ने तयारी भएको आचार्यले बताए । नेकपा प्रदेस नम्वर १ को आयोजनामा हुने सो भेलालाई सम्बोधन गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड आउनेछन् । प्रतिगमनको विरोधमा र्‍यालीसहित विराटनगर बजार परिक्रमा गरी महेन्द्र चोकमा कोणसभा गरिने नेकपाका युवानेता पारुल क्षेत्रीले बताए ।