काठमाडौ। यतिबेला नेकपाका दुई घटक हरु सांसद कस्को पक्षमा धेरै छन्,भन्ने प्रतिस्पर्धामा छन्। त्यसै शिलशिलामा सांसदहरु यता उता कोरम पुर्याउन लागिरहेको देखिन्छन्,आज मात्रै नेकपाको ओली समुहमा रहेका प्रतिनिधि सभा सांसद विष्णु शर्मा र अर्का एक सांसद नेकपा(प्रचण्ड–नेपाल) बहुमतपक्षमा उभिएकी छन ।

प्रचण्ड–नेपाल र ओली पक्षबीच आधिकारीकताको लडाई चलिरहेको छ ।यस्तो समयमा शर्माले ओली छोडेर प्रचण्ड–नेपाल पक्षमा लागेकी छन । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । तर ११ फागुनमा सर्वोच्च अदालतले ओलीको उक्त निर्णय उल्टाइ दियो । संसद पुनस्र्थापना भएपछि नेकपामा आधिकारीकताको लडाइ झन पेचिलो बन्दै गएको छ । ग्लोवलपाटी बाट