काठमाडौं ,६ बैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको शैली हिटलरी भएको बताएका छन्। काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले भने, ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याए। ‘शैली हिटलरको हो। तर हिटलर पनि बन्ने सम्भावना छैन।’