काठमाडौं,६ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने निर्णय नभएको बताएका छन् ।
जनता समाजवादी पार्टीका चार सांसद सोमबार प्रदेश सरकारमा सहभागी भएको समाचारप्रति आफू आश्चर्यचकित भएको उनले बताए । ‘दिउँसो ३ बजेसम्म अविश्वास प्रस्ताव दर्ता भएको र हाम्रा पार्टीका सांसदहरुले समेत हस्ताक्षर गरेको भनेर मलाई खबर आइरहेको थियो,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पार्टीको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय पनि त्यही हो ।’

तर अचानक आफ्ना पार्टीका चार सांसदलाई मन्त्री बनाइएको खबर सुन्दा आश्चर्यचकित भएको उनको भनाइ छ । आफूले यसबारे राम्ररी बुझ्न नपाएको भन्दै प्रदेशमा सम्पर्क भइरहेको जानकारी दिए । रातोपाटी बाट