काठमाडौं, २७ जेठ । भारतीय जी टिभीद्वारा सञ्चालित रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो बनेका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए भने अर्का नेपाली बालक आयुष केसी चौथो हुन सफल भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमको प्रस्तुतिले अडिसनदेखि नै निर्णायकहरुलाई निकै प्रभाव पारे पनि तेश्रो स्थानमा उनले चित्त बुझाउनु परेको छ । प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । उनको जन्म २०६५ जेठ १० गते भएको थियो । उनी हाल कक्षा ६ मा अध्ययनरत छन् ।

प्रितमले २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो स्थान प्राप्त गरेका थिए । कार्यक्रमको फाइनलमा ६ जना पुगेका थिए । आयुष केसी चौथो बन्न सफल भएका छन् । उनले पनि निर्णायकहरुको मन शुरुदेखि नै जित्दै आएका थिए ।