काठमाडौं,२० जेठ । नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। बुधवार राति नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको छ।
उनीहरुबीच करिब ५० मिनेट छलफल भएको बताइएको छ। नेपाल र श्रेष्ठबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।




















