काठमाडौं,२१ असार । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा कालो टोपी देखाएका छन्। काँग्रेसका सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभामा कालो टोपी देखाएर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन्।

सरकारको विरोधमा सदनमा कालो झन्डा देखाउन नमिल्ने भएकाले आफूले कालो क्याप देखाएको सांसद रायमाझीले प्रष्टोक्तिसमेत दिएका छन् । कालो टोपी देखाउँदै उनले भने,’सदनमा कालो झन्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।’