काठमाडौं,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने जानकारी दिए। उक्त सम्बोधनपछि ओलीले राजिनामा दिएर प्रधानमन्त्री निवास बालुवाटार छाड्नेछन्।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन: स्थापना गर्दै शेरबहादुर देउवालाई आज साँझ ५ बजेभित्र प्रधामन्त्री बनाउन राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार देउवाको आज शपथको तयारी गरिएको छ।