काठमाडौं,४ साउन । लामो समय केपी शर्मा ओली गुटमा रहेका तनहुँकाकृष्णकुमार " किसान" श्रेष्ठले आफु माधब नेपाल समुहमा लागेको बताएका छन् ।आइतबार प्रधानमन्त्री देउवाको पक्षमा भोट हाली आफु नेपाल समुहमा लागेकोले सर्वोच्चको फैसला र मतदाताको सम्मानमा देउवालाई मत दिएको बताए ।
संगै जसपाको सांसद अपहरणमा सहयात्री बनेको महेश बस्नेत पनि छिट्टै ओली समुह छाडेर नेपाल समुहमा आउने आफ्ना निकटका हरु संग भनेको स्रोतले बतायो । अव महेश बस्नेतहरु नआई सुख छैन उनले भने ।
नेपालि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाइ तनहुबाट क्षेत्र १ बाट पराजित गर्दै प्रतिसभामा बिजयीपछि सांसद श्रेष्ठ राष्ट्रीय राजनितीमा आएका हुन् । व्यापारीक पृष्ठभुमि बाट आएका श्रेष्ठ एमाले अधक्ष्य केपी शर्मा ओलीको कट्टर समर्थकको रुपमा चिनिन्थे ।




















