बिराटनगर,४ असार । ४३औ पुष्पलाल स्मृति दिवसको अवसरमा बिचार गोष्ठी हुने भएको छ । नेकपा एमाले माधब नेपाल पक्षिय मोरङ जिल्ला कमिटी र बिराटनगर महानगर कमिटीको संयुक्त आयोजनामा "पुष्पलाल र नेपालको कम्युनिष्ट आन्दोलन" को सन्दर्भमा बिषयक गोष्टी हुने भएको हो ।

साउन ७ गते दिनको ३ बजे ४५ बाट सुरुहुने गोष्ठीमा नेकपा एमालेका बरीष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यमा हुने नेकपा एमाले मोरङले बताएको छ । गोष्ठी भर्चुअल माध्यमबाट संचालनहुने गोष्टीमा नेता बेदुराम भुसालको कार्यपत्र प्रस्तुत हुने नेकपा एमाले बिराटनगर महानगर कमिटीका उपसचिव योगेश राजभण्डारीले जानकारी दिए ।