धनगढी, साउन । नेकपा एमाले नेता भीम बहादुर रावलको राजीनामा फिर्ता गराउनलाई दवाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौं गएको छ। प्रदेशबाट १२ जना सांसद र माधव समूहका तर्फबाट मन्त्री बनेकाहरु मंगलबार काठमाडौं गएका हुन्।
रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अघिनै राजीनामाको घोषणा गरेका थिए।




















