काठमाडौं । बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच भेटवार्ता भएको छ । लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा भएको भेटमा द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो।

भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा केही सम्झौतामा समेत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । १७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभाबाट लण्डन पुग्नुभएका प्रधानमन्त्री ओलीले हिजो अक्फोर्ड युनियनले आयोजना गरेको एक कार्यक्रममा नेपालले समृद्धि हासिल गरेका मुलुक पनि गरिबी, असमानता, संघर्ष, जलवायु परिवर्तन र आतंकवादबाट पूर्ण रुपले मुक्त नरहेको उल्लेख गर्नुभयो ।स्वीट्जरल्याण्डको जेनेभाबाट लण्डन पुग्नुभएका प्रधानमन्त्री ओलीले हिजो अक्फोर्ड युनियनले आयोजना गरेको एक कार्यक्रममा नेपालले समृद्धि हासिल गरेका मुलुक पनि गरिबी, असमानता, संघर्ष, जलवायु परिवर्तन र आतंकवादबाट पूर्ण रुपले मुक्त नरहेको उल्लेख गर्नुभयो ।