काठमाडौं,१२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अबदेखि नियमितरुपमा पार्टी कार्यालय आउनु हुने भएको छ ।

पार्टी कार्यालय स्रोतका अनुसार अध्यक्ष ओली आजदेखि नियमितरुपमा पार्टी कार्यालयबाटै काम गर्नुहुनेछ । थापाथलीमा पाटी कार्यालय सर्नुअघि कार्यालय अवलोकन गर्न उहाँ आउनुभएको थियो । पार्टीका ठूला बैठक भने च्यासलस्थित तुल्सीलाम स्मृति प्रतिष्ठानमा हुनेछन् ।