काठमाण्डौ ,१८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका १० नेताले १० बुँदे सहमति गरे पनि एमालेको एकता कायम हुन सकेको छैन । त्यस्तै च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।