काठमाडौं,,२० साउन । नेकपा एमालेका नेता भीम रावल र सुवास नेम्वाङ असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पार्टी एकतको लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई भेटवार्ता गराउने प्रयासमा नेम्वाङ–रावल कोटेश्वर पुगेको नेपालका स्वकीय सचिव मोहन गौतमले खबर मुकामलाई बताए ।