काठमाडौं, २६ साउन । नेकपा एमालेको सोमबारको केन्द्रीय कमिटीले गरेको निर्णयपछि एमाले नेत्री नेता रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेकी छन् ।
सोमबारको बैठकले पार्टीको विधान संशोधन प्रस्ताव गर्दै अध्यक्ष ओलीलाई अझ शक्तिशाली बनाउने निर्णय गरेको छ । यसै सन्दर्भमा नेता झाँक्रीले टिप्पणी गर्दै ओलीको आलोचना गरेकी हुन् ।
‘क. ख. ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन्– १. शत्रुहरू २. चाकरहरू,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँ के गर्न चाहनु हुन्छ भन्ने स्पष्ट नै छ । त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन ।’