कैलाली,२९ भदौ । सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो बनेको छ । एमालेबाट चुनाव जितेका सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एकीकृत समाजवादी ठूलो दल भएको हो । सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारि र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।




















