सर्लाही,२८ भदौ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको सिंगो जिल्ला कमिटीनै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ ।
नेकपा एकीकृत समाजवादीले आइतबार सर्लाहीको हरिवनमा गरेको अगुवा कार्यकर्ता भेलाको अवसरमा अखिल क्रान्तिकारीका सर्लाही जिल्ला अध्यक्ष सुमन अधिकारी,सचिव अभिषेक गुप्ताले नेतृत्व गरेको कमिटी प्रवेस गरेको अनेरास्ववियुकी महासचिव आरती लामाले बताइन ।
त्यसैगरी बिभिन्न पार्टी परित्याग गरी तिन सय भन्दा बढी प्रवेश गरेका छन भने प्रदेश नम्बर २ मा यतीखेर नेकपा एकीकृत समाजवादीले संगठन निर्मार्णलाई तीव्रता दिए संगै पार्टी प्रति जनाताको आकर्षण बढेको छ ।
नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका २ नम्बर प्रदेश कमिटी अध्यक्ष रामचन्द्र यादव पार्टीका नेताहरु नागेन्द्र चौधरी,सत्रुघन महतो,राजेन्द्र बैठा,लक्षमण पौडेल लगायतका नेताहरुले स्वागत गरेका थिए ।