बिराटगनर,२२ असोज । नेकपा(एस ) निकट युवा संघको बिराटनगरमा सौरभ भुजेलको अध्यक्षतामा ५१ सदस्यीय १ नम्बर वडा कमिटी गठन भएको छ । बिहिबार बिराटनगरमा भएको युवाहरुको भेलाले उपाध्यक्षहरुमा प्रत्युस न्यौपाने,अनिल गौतम , आयुश्मा निरौला,सचिवमा ओसिन कार्की,सह सचिव : रोसन न्यौपाने , आयुश कार्की , आसिका निरौला , विवेक माझी र कोषाध्यक्षमा दिनेश माझी लगायत सदस्यहरु चयन गरेको हो ।
सय जना बढीको संख्यामा वडाका युवाहरुको सहभागीता भएको सो कार्यक्रमा नेकपा(एस )का बिराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीको प्रमुख आथित्य र मोरङ जिल्ला कमिटी उपाध्यक्ष डा.उद्वव पोखरेलको बिसिष्ठ आतिथ्यता रहेको थियो । नव गठित कमिटीलाई युवा संघका केन्द्रिय सदस्य संगम चौधरी,नगर अधक्ष्य सुरेन शाक्य,सचिव जुनु पोखरेल, पार्टीका नेता रमण गौतम लगायतले बधाई तथा सुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।




















