अर्घाखाँची,१ कातिक । नेकपा ( एकीकृत समाजवादी ) मालारानी ७ अर्घाखाँचीको प्रथम वडा अधिबेशन मौसमको प्रतिकुलताको बिच पनि सोमबार सानदार रुपले सम्पन्न भएको छ । भेलाले गोपाल भुसालको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षहरुमा खिमानन्द मरासिनी , सीता चौहान खनाल र कमल भुसाल , सचीवमा आशिष् भुसाल , उपसचिव मदन रेग्मी रहनुभएको छ । साथै भेलाले ११ सदस्यीय सचिवालय समेत गठन गरेको छ । कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य बाबुराम बेल्बासे, प्रदेश कमिटी सदस्य राजकुमार खनालको आतिथ्यता रहेको थियो ।
खडानन्द भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा दुर्गा पराजुलीको स्वागत मन्तब्य राखेका थिए भने बिपि पराजुलीले सन्चालन गरेका थिए । केपि भुसालको सहजीकरणमा सम्पन्न भएको भेलाले कार्तिक महिनाभित्रै सम्पुर्ण टोलकमिटिहरु र जनबर्गिय संगठन निर्माण गर्ने निर्णय समेत गरेको छ ।