काठमाडौं,५ पुस । राष्ट्रीय जनमोर्चाका नेता गोपाल रसाइली नेकपा (एस ) मा प्रवेश गरेका छन । रसाइली आज नेकपा (एस) का अध्यक्ष माधव नेपालको निवासमा गएर प्रवेश गरेका हुन ।

धनकुटाको मुगाका स्थायी बासिन्दा रसाइली राष्ट्रीय जनमोर्चाका वागमती प्रदेश कमिटी उपसचिवको जिम्मेवारीमा रहेका थिए । विभेद बिरुद्वको आन्दोलनको अगुवा समेत रहेका रसाइली पेशाले पत्रकार हुन ।