दोलखा, २० फागुन । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसकेको बताएका छन ।

दोलखाको शैलुङ्ग डाँडामा आज आयोजित शैलुङ्ग साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार देश र जनताका लागि नभएर गठबन्धन जोगाउनकै लागि मात्र भएको बताए । ‘अहिलेको सरकार विकासका लागि होइन,देश र जनताका लागि होइन, गठबन्धनको लागि मात्र हो,’ अध्यक्ष ओलीले भने ।

kp-oli-welcome-shailung-dolakha-4-768x441-1 (2)

उनले नेपाल गरिबको मुलुक भनेर होइन समृद्धितर्फक लम्किएको मुलुक भनेर चिनाउने काम आफू नेतृत्वको सरकारले गरेको तर बर्तमान सरकारले सो योजनालाई बिफल बनाउनतिर लागेको बताए । उनले गठबन्धन सरकारले फेरि देशलाई संकटतर्फ धकेल्दै लगेको पनि बताए । सरकार चलाउनेहरु ठिक नभएका कारण देशको अवस्था अस्तव्यस्त बनेको ओलीको भनाई थियो ।

kp-oli-welcome-shailung-dolakha-3-768x564-1 (2)

देश र जनताका लागि काम गर्ने पार्टी नेकपा एमाले मात्रै हो भन्ने कुरा जनताले बुझेका बताउँदै उनले भने , ‘धेरै भोट कसलाई दिनुहुन्छ भनिरहँन र राजनीतिक कुरा गरिरहन आवश्यक छैन,एमाले देश र जनताको पार्टी हो भन्ने जनताले बुझिसकेका छन् ।’

kp-oli-welcome-shailung-dolakha-2-768x445-1 (2)