रंगेली,२५ फागुन । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् ।
बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत गरेका छन् ।
सो अवसरमा मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमार खनाल, महानन्द मण्डल र रामचन्द्र मण्डल एमाले प्रवेश गरेका छन् ।
अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको मोरङ एमालेले जनाएको छ । एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।



















