काठमाडौं,२६ जेठ । जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उहाँकै दलका नेताले हातपात प्रयास गरेका छन् । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गर्नुभएको हो ।
बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्नुभएको थियो । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी हुनुहुन्थ्यो ।
सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको स्वीकार गर्नुभयो । ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनु भएको थियो,’ यादवले भन्नुभयो ।
समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा साखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनु भयो ।



















