लमजुङ, २६ जेठ । नेपाली कांग्रेस लमजुङका नेता द्वारिकाप्रसाद मिश्र र माओवादी निकट प्रेस सेन्टर लमजुङका अध्यक्ष रुद्र ढकाल र जसपाका लक्ष्मी मिश्रसहित ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस नेता मिश्र २८ वर्षपछि पुरानै घर फकिएका हुन् । २८ वर्षसम्म नेपाली काँग्रेसमा आवद्ध भई सुन्दरबजार नगर समितिका सभापति, २०७४ मा स्थानीय निर्वाचनमा प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार भएका मिश्र तरुणदल लमजुङका पूर्व सचिव पनि थिए ।
मिश्रको शुरुवाती राजनीति भने एमालेबाटै सुरु भएको थियो । मिश्रले बिहीबार सुन्दरबजारमा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसहित विभिन्न पार्टीबाट १०९ जना एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
त्यस्तै, प्रेस सेन्टर लमजुङका अध्यक्ष ढकाल पत्रकार महासंघ जिल्ला सचिव समेत हुन् ।



















