काठमाडाैं,२७ जेठ । नेपाली कांग्रेस संखुवासभाले नगर सभापतिसहित १० जना नेता-कार्यकर्तालाई कारबाही गरेकाे छ ।
वैखाख ३० गते सम्पन्न स्थानीय तहकाे चुनावमा पार्टी निर्णयविपरीत काम गरेको भन्दै १० जना नेता-कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएकाे कांग्रेस संखुवासभाले जनाएकाे छ ।
कांग्रेसले मादी नगरपालिकाका नगरसभापति यादवचन्द्र खड्कासहित गोविन्द थापा, राजु घिमिरे, डम्मर कुमार पौडेल, सन्तोष बस्नेत, पूर्णबहादुर थापा, कुमार राई, बालकुमार राई, दिपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेकाे हाे ।



















