काठमाडौं, २७ जेठ । नेपाल विधार्थी संघ सिटिभिटिको नाममा अनैतिक तरिकाले कलेजहरुमा धम्काउँदै चन्दा उठाउँदै हिँडेका शशिन्द्र मोहन रावत पक्राउ परेका छन् । रावतलाई इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि स्वघोषित ने.वि.संघ सिटिभिटि सह–संयोजक रहेको भन्दै कलेजहरुमा चन्दा उठाउन धम्क्याइरहेको अभियोग लागेको छ ।

उनको बारेमा कलेज प्रशासनहरुले सुनसरी जिल्लाका ने.वि.संघ समितिलाई जानकारी समेत गराएको थियो । यसअघि पनि उनीमाथि सिटिभिटिईमा विद्यार्थीको रकम अनियमितता गरेको आरोप लाग्दै आएको छ । रावतकै निर्देशनमा मधेश प्रदेशमा अमित कुमार शाह पनि ने.वि.संघ सिटिभिटि २ नं.प्रदेशका नेता हुँ भन्दै कलेजहरुमा पैसा उठाउँदै हिँडको बुझिएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मंगलवार पक्राउ परेका शशिन्द्र मोहनराजलाई आज इटहरी प्रहरीले म्याद थप गरेको छ । उनीमाथि सिटिभिटिमा झुट्टा आस्वासन दिएर भर्ना, रिजल्ट मिलाइदिने भन्दै बिद्यार्थीहरुलाई ठग्दै आएको आरोप लागेको छ ।