विराटनगर,२७ जेठ । मोरङको विराटनगरमा राप्रपा,माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्यागगरी डेढ सयभन्दा धेरैको संख्यामा एमालेमा प्रवेश गरेका छन ।
शुक्रवार विराटनगरमा नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा राप्रपाका पुराना नेता एव पुर्व जनप्रतिनिधी भगवान थापा,विराटनगर वडा ६ का पुर्व वडाध्यक्ष तथा माओवादी केन्द्रका मोरङका नेता बिजय कामत लगायत डेढ सयभन्दा धेरैको संख्यामा एमालेमा प्रवेश गरेका हुन ।

त्यसैगरी जसपा मोरङका नेता नन्दलाल मण्डल पनि एमालेमा प्रवेश गरेको नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिव रुपेश खतिवडाले जानकारी दिए । नव प्रवेशीहरुलाई कार्यक्रक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

कार्यक्रममा मोरङका विभिन्न पालिकाहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको परिचयात्मक कार्यक्रम गाराइको सचिव खतिवडाले जानकारी दिए । नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला कमिटी सचिव रुपेश खतिवडाले कार्यक्रम संचालन गरेका थिए ।




















