काठमाडाैं,२८ जेठ । जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शनिबार भएकाे चुनावमा गठबन्धनका उम्मेदवारलाई हराउँदै जिल्ला समन्वय समिति प्रमुखमा एमालेका निरन तामाङसहित प्यानल नै विजयी भएकाे हाे । उपप्रमुखमा एमालेकै सावित्रा राई विजयी हुनुभयाे ।

सदस्यमा टिकाराम मगर, नेत्रबहादुर भण्डारी, रबिन्द्र न्यौपाने, ईन्दिरा सुब्बा(याखा), कमलकुमारी लिम्बू, सरिता भण्डारी(बराल) र बालकुमारी रुचाल विजयी हुनुभएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।