काठमाडौं,३ असार । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।
मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए।
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे। अधिकारी : हेलो। आले : हेलो। अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार। आले : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न। अधिकारी : किन नि ! के गरिनँ र ?
आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म। अधिकारी : होइन, उ… माग्नुपर्यो नि त्यो तलबाट। आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन। अधिकारी : … यति–यति चाहियो भनेर। आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।



















