काठमाडौं,११ असार । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा चार जना मन्त्रीहरु अनुपस्थित भएका छन ।

बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री अनुपस्थित हुनुभएको हो । उपाध्यक्षसमेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सचिवसमेत रहनुभएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहित श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थितहुनुभएको एक केन्द्रीय सदस्यले बताए ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि चारै जना मन्त्रीहरु नेतृत्वको बिरुद्धमा खुलेर लागेका छन । चार मन्त्रीसहित १० जना सांसदले शुक्रवार अध्यक्ष माधव नेपाललाई ध्यानाकर्षण पत्र बुझाएर अपराधीको जस्तो ब्यवहार गरिएको र सो कामप्रति गल्ती महसुस नगरे बिद्रोहको चेतावनी दिइएको छ ।