राजेश भण्डारी-
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्ष बाहिर एउटा सानो आगन जति क्षेत्र डोरीले घेरिएको छ । त्यो आगन र त्यस अगाडिको हिरासत कक्षलाई विशेष खालको सुरक्षा दिइएको छ । सुरक्षाका लागि सादा पोशाकका प्रहरी समेत अहोरात्र तैनाथ हुन्छन् । टेकु स्थित सो हिरासत क्षेत्रमा ओहोर–दोहोर गर्ने मानिसहरु प्रहरीको उच्च निगरानीमा पर्छन् ।
यो अनौठो सुरक्षा बन्दोवस्तीको एक मात्र कारण हो– युनुस अन्सारी । उनी जेठ १० बाट हिरासतमा छन् र भिआईपी पाहुना बनेका छन् ।भारतीय नक्कली नोट कारोबारमा तेस्रोपटक पक्राउ परेका सञ्चार उद्यमी युनुस अन्सारीसँग प्रहरीले भेटघाटमा कडाई गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले परिवारका पनि ‘तोकिएका मान्छे बाहेक अन्यलाई युनुससँग भेटघाट गर्न नदिनु’ भन्दै सर्कुलेसन गरेका छन् ।
महानगरीय प्रहरी परिसरमा कार्यरत एक अधिकृतका अनुसार युनुसको श्रीमती, ११ बर्षिय छोरा र सासुले मात्र उनलाई भेट्ने गरेका छन् । भेटघाटका लागी युनुसका साला सलमान पनि प्रहरी हिरासत पुग्ने गरेका छन्, तर उनले युनुसलाई भेट्दैनन् ।
सलमानको दाई (युनुसको साला सुयल खान) पनि हिरासतमा छन्, सलमान तिनै दाईलाई भेटर फर्कन्छन् । सुयल जेठ १० गते युनुससँगै त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

बाहिर निकाल्दा स्कर्टिङ्ग
पाकिस्थानी नागरिकहरुले कतारको दोहाबाट ल्याएको ६ करोड ६७ लाख ९४ हजार नक्कली भारतिय रुपैयाँ रिसिभ गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका अन्सारलाई प्रहरीले संगठित अपराध बिरुद्धको कसुरमा मुद्धा चलाएको छ ।
पक्राउपछि युनुसको समुहलाई सार्वजनिक गर्ने कार्यक्रममाा ढाकाटोपी र कोटमा सजिएका अन्सरीलाई पक्रकारले माक्र्स किन नलाएको भनेर सोध्दा उनले हाँस्दै भनेका थिए,– ‘माक्र्स लगाउनुको औचित्य नै छैन, किन लगाउने ?’ झट्ट हेर्दा सरल जस्ता देखिने युनुस लाई प्रहरीले अदालतमा म्याद थप्न र बयान गर्न लैजाँदा पनि कडा सुरक्षा घेरमा राखेर लैजाने गरेको छ ।
‘अगुवा पछुवा प्रहरीको गाडी अनि बिचमा युनुस बसेको गाडी हुन्छ’ काठमाडौं परिसरका एक अधिकृत भन्छन्, ‘युनुसलाई हतियारधारी प्रहरीले घेरेका हुन्छन् ।’ युनुस भाग्लान भनेर प्रहरीले त्यस्तो कडा सुरक्षामा उनलाई राखेको हैन् ।
बरु, उनिमाथी आक्रमणको आशंकाले प्रहरीले उनलाई त्यस्तो सुरक्षा घेरामा बाहिर निकाल्ने गरेको हो । ‘युनुसलाई कसबाट थ्रेट छ ?’ सनराइजखबरको प्रश्नमा काडमाडौं प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदी भन्छन्, ‘अनेक तत्व छन् नि उसलाई अपराधीबाट नै थ्रेट छ ।
विगतको अनुभवको आधारमा पनी हामिले उनको सुरक्षामा कडाइ गरेका छौं ।’ पुर्वमन्त्री स्वर्गिय सलिमिया अन्सारीको छोरा युनुस सँगै पक्राउ परेका पाकिस्तानी नागरिकहरु मोहम्मद अख्तर, नादिया अनवर, नासिर उद्धिन, युनुसका साला सुयल खान र उनकै सवारी चालक सुदन रानाभाट उनिसँगै हिरासतमा छन् ।
बिगतका के भएको थियो र ?
काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ‘विगतको अनुभवको आधारमा’ युनुसको सुरक्षामा कडाई गरिएको बताए । बिगतमा के भाएको थियो र ? गणतन्त्र स्थापना पछी ‘नेशनल टेलिभिजन’ मा लगानी गरेर संचार उद्यमीको रुपमा उदाएका युनुस तेस्रो पटक पक्राउ परिसकेका छन् ।
२०६६ पुसमा पहिलो पटक र २०७० माघमा दोस्रोपटक जालि नोट कारोबारमा पक्राउ परेका युनुस अहिले तेस्रो पटक पक्राउ परेका हुन् । युनुसबारे अनुसन्धान गरिहेको अनुसन्धानकर्ताहरुका अनुसार अन्सारी नक्कली भारतिय रुपैयाँ कारोबारका मुख्य नाईके हुन् डि. कम्पनीका प्रमुख दाउद इब्राहिमको एजेन्टको रुपमा काम गर्दै आएका छन् ।
पाकिस्तानी गुप्तचर निकाय आइएसआईको निकट मानिने अन्सारीमाथी २०६७ साल फागुन २६ गते केन्द्रिय कारागार भित्रै भारतिय सार्पसुटर जसजित सिंहले गोली प्रहार गरेका थिए । अहिले पनि उनिमाथी गोली प्रहार हुनसक्ने ‘थ्रेट एनालाईसिस’ गरेर नै प्रहरीले उनको सुरक्षामा कडाई गरेको बताईएको छ । यसपटक पनि नोट रिसिभ गर्न जाँदा पक्राउ परेमा जेल पर्ने कुरामा युनुस जानकार थिए ।
तर, उनी आफ्नै साला नाता पर्ने सुयल खान र गाडी चालक सुदनलाई लिएर त्रिभुवन विमानस्थल गएका थिए । जेठ १० गते युनुस पक्राउ परेपछी एउटा प्रश्न उठेको छ, ‘संभावित दुर्घटनाको कारण युनुसले जानीजानी पक्राउ हुन चाहेका त हैनन् ?’ सनराइजखबर बाट


