काठमाडौं,२८ साउन । नेकपा एमाले रामेछाप, रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

सम्मेलनले तुलसी श्रेष्ठको अध्यक्षता नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रवीन महत र सचिवमा नरेश बीक चुनिनु भएको छ । त्यस्तै उपसचिवमा क्रमशः रामकुमार खड्का र विनीता मगर चुनिनु भएको छ । कोषाध्यक्षमा वेद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सञ्जय लामाको अध्यक्षतामा भएको कार्यक्रम पार्टी केन्द्रीय कमिटी सदस्य एवं सम्पर्क समन्वय कमिटी सह इन्चार्ज नरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।