काठमाडौं,२६ असोज । नेकपा (एकीकृत समाजवादी)का २२ जना बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सत्ता गठबन्धन र पार्टीले दिएको निर्देशन बमोजिम उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ४ जना र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १४ जनाले आफ्नो मनोनयन फिर्ता लिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन्। उनले विज्ञप्ति जारी गरेर आफ्नो पार्टीबाट गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएका १८ जनाले नाम फिर्ता लिएको जानकारी दिएका हुन्।
सत्तारुढ गठबन्धनले मंगलबार विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। एकीकृत समाजवादीले पनि विज्ञप्ति जारी गरेर बागी उम्मेदवारी दिएकाहरूलाई नाम फिर्ता लिन भनेको थियो।





















