काठमाडाैं,१५ कात्तिक  । नेपाली कांग्रेस कञ्चनपुरले १५ जना नेतालाई पार्टीबाट निष्कान गरेको छ ।

पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार र तिनका समर्थक तथा प्रस्तावकलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेकाे हाे ।

पार्टीबाट निष्काशित हुनेमा दिपकबहादुर सिंह, शारदा चन्द, नारायण बोहरा, वीरबहादुर बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, दुर्गादत्त पाण्डेय, मदन दमाई, धनबहादुर शाही, पिताम्बर जोशी, सुरेन्द्र सुनार, गोपालसिंह बुढा, सञ्जितसिंह राना र जगत सायर हुनुहुन्छ ।

पार्टी विधानको परिच्छेद ९को धारा ३४ को १ घ बमोजिम साधारण सदस्यसमेत नरहने गरी १५ उनीहरुलाई निष्कासन गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

congress-kanchanpur_kskgzeqgQo (1) (1)