दोलखा,१९ मंसिर  । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका गङ्गा बहादुर कार्की विजयी हुनुभएको छ ।

सोमबार विहान सम्पन्न मतगणना अनुसार कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतको झिनो अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । विजयी कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएको छ । 

शूरुवाती अग्रता लिएपनि शिवाकोटीसँग कडा प्रतिस्पर्धाकाबिच कार्की विजयी हुनुभएको हो ।