बेलबारी,५ माघ । नयाँ भवन बनेपछि प्रयोगबिहिन अबस्थामा रहेको बेलबारी ३ मा रहेको ईलाका प्रहरी कार्यलय बेलबारीको पुरानो भवनमा २५ जना जनपद प्रहरीको टोली बस्ने भएको छ ।

बेलबारी १ मा निर्मित नयाँ भवनमा ईलाका प्रहरी कार्यलय बेलबारी सरेपछि १ बर्षअघिबाट सो भवन प्रयोगबिहिन अबस्थामा रहेको थियो ।

भवन प्रयोगबिहिन भएपछि सो भवनका लागि जग्गा दिने जग्गादाता र स्थानीय समेत रुष्ट थिए । सोही भवनमा प्रदेश १ सरकार मातहत रहने गरी सईको नेतृत्वमा २५ जनाको टोली बस्ने भएको छ ।