काठमाडौं,५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उमेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

बिहीबार संसद्बाट बाहिरिने क्रममा ओलीले राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् । ‘प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्नुभएको छ नि ? भन्ने प्रश्नमा ओलीले भने, ‘ठिक छ राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा एमालेले उमेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।

ओलीले सरकारलाई विश्वासको मत दिएर पनि कांग्रेस सांसदहरूले अनावश्यक सत्ता गठबन्धनको विरोध गरेको पनि बताए ।

एमालेको चाहिँ राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरुको अर्को प्रश्नमा भने एमाले अध्यक्ष ओलीले पछि भनौंला भन्ने जवाफ दिएका छन् ।