आजको हाम्रो मुख्य चासो र सरोकार भनेको राजनीतिक स्थायित्व र सामाजिक–आर्थिक समृद्धि प्राप्त गर्नु नै हो । यसको प्रारम्भिक आधारशीला निर्माणका लागि मुख्यतः
१) नेपालीपन र नेपाली मन झल्कने आफ्नै र मौलिक सामर्थ्यमा आधारित स्थानीय स्रोतको पहिचान, प्रयोग र व्यवस्थापनमार्फत समृद्ध नेपाली : सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा अघि नसारेको भए,
२) ५६ वर्षयता गुमनाम रहेको लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको भू–भाग नेपालको राजनीतिक मानचित्रमा कायम गर्दै चुच्चे नक्शा प्रकाशन र कार्यान्वयनमा नल्याएको भए,
३) छिमेकीको नाउँमा हामीलाई घरिघरि दुःख दिइरहने, चिमोटिरहने र उकुसमुकुस पार्ने तत्कालीन अवस्थाविरुद्ध यसको विकल्पको रूपमा चीनियाँ बजार हुँदै दुनियाँमा हाम्रो पहुँच बिस्तार गर्नका लागि चीनसँग ‘व्यापार तथा पारवहन सन्धी’ नगरेको भए...
- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अदालतमा मुद्दा पर्ने थिएन ।
- अदालतको परमादेशमा देशको प्रधानमन्त्री फलानो भनेर किटानी हुने थिएन ।
- यसको याचनास्वरुप यसविरुद्ध आफ्ना कार्यकर्तालाई सडक उतार्ने र अन्ततः सदनबाट बहुमत सहित पास गर्ने थिएनन् ।
- सेटिङको प्रभाव पार्टी जीवनमा समेत पर्ने थिएन । अन्ततः नेकपा अलगथलग हुने थिएन ।
- आज १७ सिटमा चित्तबुझाएर बसेका माधवकुमार नेपाल २३ जना सांसद लिएर दल दर्ता गर्ने र वर्तमान गठबन्धनको सहयोगी बन्ने थिएनन् ।
- कम्युनिष्ट नाउँधारी साथीहरू नवउदारवादी अर्थव्यवस्थाको पक्षपोषण गर्ने काँग्रेसको फेर समाएर कथित समाजवाद प्राप्तिको यात्रामा निस्कने थिएनन् ।
- प्रारम्भमा नागरिकतासम्बन्धी नजिकनजिकै रहेका काँग्रेस र माओवादी अहिले यतिखेर एक हातमा सिन्दुर पोते र अर्को हातमा नागरिकताको पक्षमा उभिने थिएनन् ।
- राष्ट्रव्यापी संगठन र जनाधार भएको काँग्रेस ८३ मा, माओवादी केन्द्र ४७ मा र बचेखुचेका शक्तिहरू बचेखुचेका ठाउँमा सीमित रहने थिएनन् ... आदि–आदि यस्ता थुप्रै घटनाक्रमहरू ।
मंसीर ४ गते हामीले जित्नुपर्ने हाम्रो लडाइँ र यसको राजनीतिक अन्तरवस्तु हो यहिंनेर छ भनेर बुझ्न चाहिँ कुनै कन्ज्युस्याइँ गर्नुहुँदैन ।
उद्देश्य फेरि पनि राजनीतिक स्थायित्व र सामाजिक–आर्थिक समृद्धि प्राप्त गर्नु नै हो । बहुदलीय प्रतिस्पर्धाको भद्दामजाक हो गठबन्धन । यो आवरणभित्र आफ्नो मात्र संगठन र जनाधार आधारित योजनाका साथ उभिन नसक्ने राजनीतिक–बैचारिक हिसावले दिशाबिहिन शक्तिबाट यो सम्भव छैन । अब यहाँ उघ्रिएको विकिल्प, निर्विकल्प भनेको एमाले मात्र हो । यसका लागि एमालेलाई बहुमत आजको आवश्यकता हो ।
यसमा हामीलाई प्रशस्तै सफलता मिलोस् ! बडादशैँको औसरमा सम्बद्ध सबैलाई धेरै–धेरै शुभकामना !
धन्यवाद



















