काठमाडौँ,११ माघ । युवानेता रञ्जु दर्शनाले प्रेमप्रसाद आचार्यसँग पैसा लिएकाहरूले उनको श्रीमतीलाई नफर्काए दैलौमै आन्दोलन गर्न आउने चेतावनी दिएकी छन्।
आज सामाजिक सञ्जालमार्फत उनले प्रेम आचार्यले आफ्नो कामबापत पाउनुपर्ने पैसा नपाएका र श्रीमतीको बैंक खातामा पैसा जम्मा गर्ने प्रबर्धन गर्न चेतावनीसहित आग्रह गरेकी हुन्।
मंगलबार संघीय संसद् भवन अगाडि आचार्यले आफ्नै जिउमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए। घाइते उनको उपचार क्रममा कीर्तिपुरमा आज मृत्यु भएको हो।




















