काठमाडौं,१२ ।विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आ,त्महत्या गरेका छन्। विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आ,त्मह’त्या गरेका हुन्।विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झु,ण्डिएको अवस्थामा फे,ला पारेको जिल्ला प्रहरी कार्यालय,
माेरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपककुमार श्रेष्ठले बताए।मोरङ व्यापार संघका कार्यकारिणी सदस्य तथा विद्युतीय सामग्रीका व्यवसायी गोपाल अग्रवालले आर्थिक क्षेत्रमा देखिएको सं’कटले व्यवसायीमाथि दवाव र तनाव दुवै बढ्दै गएको बताए।पोखरियास्थित उनको छिमेकी तथा नेपाली कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले
आर्थिक भारले व्यवसायी उच्च तनाव रहँदा समस्या देखिएको बताउँछन्।उनले भने, ‘हिजो काठमाडौँमा इलामका व्यवसायीले आगो लगाएर मृत्युवरण गरे। आज विराटनगरमा अर्का व्यवसायीले झुण्डिनु परेको अवस्था छ। यो सरकार, जनताको अभिभावक कहाँ छ? लिएको ऋणका कारण आज एकपछि अर्कोले ज्या,न गुमाउनु परेको छ।
अब सरकारले यसबारे समाधान निकाल्न जरुरी भइसकेको छ। सरकार निरीह भएर बस्नुको औचित्य छैन।’माेरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसाइड नाेट भेटिएको छ। जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋ’णका कारण आफूले मृत्युवरण गर्नु परेको उल्लेख छ।
न्याैपानेकाे काेठामा भेटिएकाे सु,साइड नाेट
सु,साइड नाेटअनुसार न्याैपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नाेटमा उल्लेख छ।त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेकाे छ।
शिखर इलेक्ट्रिक बुबाको नाममा रहेकाे छ। न्याैपानेले नाेटमार्फत् बैंकले रोक्का गर्न सक्ने आशंका गर्दै बुवाको नामको मुद्धति खातामा रहेको रकम निकालेर अन्यत्र राख्न सुझाव दिएका छन्।व्यवसायी अग्रवालका अनुसार सरकारले बैंकिङ क्षेत्रबारे गम्भीर भएर नसोच्दा यसप्रकारका घ,टना अझ बढ्न सक्ने बताउँछन्।
उनले भने, ‘ब्याजदर यसैगरी बढ्दै गएर व्यवसायीले आ,त्महत्या गरिरहेका छन्। तर समाधान यो होइन। अहिले अवस्था जटिल भए पनि सामना गर्नु नै ठूलो कुरा हो। व्यवसायीले संयमता अपनाउन जरुरी छ। सरकारले पनि बेलैमा यसबारेमा केही साेचाेस्।’




















