बेलबारी,१३ माघ । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना भएको हो ।
दुर्घटना बाट घाईते भएका मोटरसाईकल चालक धरान उप–महानगरपालिका–८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाईते भएका सहचालक सुन्दरहरैचा–७ का २२ बर्षीय श्याम बहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
यसै गरी सुनसरीको ईटहरी–१२ स्थित कोशी लोकमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढी गाउँपालिका–१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।




















