पथरी,१९ माघ । पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिमको आज समापन भएको छ । 

नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको क्षमता अभिवृद्धि तालिम भएको हो । तालिम समापनमा उप–प्रमुख देवीमाया काफ्लेले मन्तव्य राखेकी थिइन् । 

तालिममा नगरका २१ जना अपाङ्गता भएकाहरुको सहभागिता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गिता कट्टेल जानकारी दिइन् । तालिमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ का उपाध्यक्ष भिमा काफ्लेले गरेकी थिइन्  । 

पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिमकोे सहकार्य करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को रहेको छ ।