जनकपुरधाम,२० माघ । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 

सांसद चौधरी गत निर्वाचनमा प्रभु साहको टीमबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवम भौतिक पूर्वाधार मन्त्री सरोज यादवको पहलमा चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

सांसद चौधरी प्रभु साहले गठन गरेका आम जनता पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।