काठमाडौं,२३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी तथा सो पार्टीका सभापति रवि लामिछानेको बारेमा सो पार्टीको घोषणा हुनासाथ चर्चित ज्योतिषी दीपक सुवेदीले गरेको भविष्यवाणी यतिबेला चर्चामा आएको छ । ज्यो. सुवेदीले जे भनेका थिए, त्यस्तै स्थितिमा रवि लामिछाने तथा उहाँको रास्वपा पुगेको छ ।
फोरकास्ट टेलिभिजन युट्युबच्यानलमा लाईभ प्रस्तुति दिँदै रास्वपाको घोषणा भएको भोली पल्टै ज्यो.सुवेदीले रवि लामिछानेप्रति आमसर्वसाधारण जनताले जुन आशा अपेक्षा र भरोसा गरेका छन सो मुताबिक काम गर्नलाई घोषित पार्टीको ग्रहले दिन नसक्ने बताउनु भएको थियो । पार्टीको घोषणा गर्दाको समयको लग्नकुण्डली अनुसार केही पक्षमा राम्रो देखिए पनि केही पक्षमा ग्रहको भूमिका निकै विपरित भएको सुवेदीको भनाई थियो ।
सुवेदी एक प्रतिष्ठित लोकप्रिय ज्योतिषी हुनुहुन्छ । उहाँले धेरै राजनीतिक भविष्यवाणी गर्नुभएको छ, जुन भविष्यवाणीहरू प्राय सबै मिलेका छन । उहाँले गर्ने गरेको ज्योतिषीय भविष्यवाणीको बारेमा नेपालको सञ्चारजगत अनभिज्ञ छैन । जब उनले भविष्यवाणीको रूपमा केही फलादेश गर्छन् त्यस भित्र केही रहस्य हुन्छ भन्ने कुरा बुझिन्छ ।
ज्यो. सुवेदी धेरै हुने नहुने कुरा गरेर सामाजिक सञ्जालमा भाइरल हुन खोज्नुहुन्न, जरुरीमा मात्रै बोल्नुहुन्छ । बोलेका कुरा पुग्ने गरी बोलेका हुन्छन् । वर्तमान प्रधानमन्त्री प्रचण्डदेखि स्व. राजा विरेन्द्रलगायत धेरैको भविष्यवाणी गरेका ज्यो. दीपक सुवेदी (दीपक गुरु) ज्योतिषक्षेत्रका एक प्रतिष्ठित ज्योतिषी हुनुहुन्छ ।
ज्यो. सुवेदीले विभिन्न मिडियाहरूमा पहिलो संविधानसभाले काम गर्न नसक्ने, त्यतिमात्रै नभएर त्यतिबेलाको राजनीतिक संयन्त्र नै काम नलाग्ने बताउनु भएको थियो । नभन्दै त्यस्तै भयो । राजनीतिक पक्ष पाखा लागेर खिलराज रेग्मीको अध्यक्षतामा सरकार गठन भयो । खिलराज रेग्मीको सरकारलाई चुनाव बनाउन ठूलै चुनौतिहरू थिए ।
सुवेदीले आसानसँग चुनाव हुन्छ भन्नुभयो, नभन्दै दोस्रो संविधानसभाको निर्वाचन सजिलैसँग सम्पन्न भयो । धर्मक्षेत्रलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाबाट संविधान जारी हुन्छ भनेर सुवेदीले सो संविधानसभालाई ज्योतिषीय मार्गदर्शन लिखित तथा मौखि दुबै तरिकाबाट गर्नुभयो । त्यसपछि तात्कालीन संविधानसभाले धर्मको नाममा सनातन धर्म भन्नाले भनेर टिप्पणी उल्लेख गर्न बाध्य भयो ।
प्रचण्डलाई पार्टीको नामको अगाडि एकिकृत राखेको शब्द नफाप्ने भनेपछि पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र बनाउनु भएको थियो । पार्टीको नाम फेरे लगत्तै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यस्ता चर्चित सिद्ध भविष्यवाणीहरू उहाँले धेरै नै गर्नुभएको छ ।
रवि लामिछानेले जब सञ्चारक्षेत्र छोडेर राजनीति पार्टीको घोषणा गर्नुभयो । त्यसको भोलीपल्टै उहाँको र उहाँको पार्टीको बारेमा सुवेदीले गरेको ज्योतिषीय भविष्यवाणीको बारेमा पछिल्लो राजनीतिक घटनाक्रमसम्म आउँदा खासै कसैले पनि वास्ता गरेका थिएनन । जब रविको राजनीतिमा एकपछि अर्को स्थिति खडा हुँदै गयो अनिबल्ल आमव्यक्तिहरूले ज्यो. सुवेदीले सात आठमहिना अघि बताएको भविष्यवाणीतर्फ ध्यान आकर्षण भएको छ ।
सो भिडियोमा सुवेदीले रवि लामिछाने र उहाँको पार्टीमा कुनै सवालमा नसोँचेको राम्रो पनि हुन्छ र कुनै पक्षमा त्यसको ठिक उल्टो नसोँचेको विपरित पनि फल आइपर्छ भन्नुभएको छ । नभन्दै रास्वपाले छोटो समयमा ठूलो राजनीतिक प्रतिष्ठा कमाउन सफल भयो । अर्को तर्फ त्यो उपलब्धि माछो माछो भ्यागुतो पनि भयो । सुवेदीले यो प्रसङ्गमा अरु धेरै कुरा बताउनु भएको छ । जुन कुरा रवि र उहाँको पार्टीमा घटित भइरहेको छ, हुँदै गइरहेको छ ।
रवि लाभिछाने र उहाँको पार्टीको बारेमा ज्यो. दीपक सुवेदीले लाईभ रूपमा भनेको कुरा पाठक गणले भिडियोमा जस्ताको तस्तै हेर्नसक्नु हुनेछ ।




















