इटहरी / जनता क्याम्पसमा जारी इटहरी उद्याेग बाणिज्य संघकाे निर्वाचन अन्तरगत साझ ५ बजे सम्ममा कुल मतदाताकाे ६० प्रतिशत मत खसिसकेकाे बुझिएकाे छ । साझ ५ बजेसम्ममा जम्मा ४३८१ मत खसिसकेको जानकारी प्राप्त भएको छ ।

कुल ६१०० मतदाता मध्ये अहिले सम्म ४३८१ मत खसिसकेको हाे । अब जम्मा मत खस्न बाँकी १७१९ रहेको छ ।यसै बिच मतदाताहरूकाे मार्कालाइ ध्यानमा राख्दै उदयाेग बाणिज्य संघ अन्तरगत निर्वाचन अायाेगले मतदानकाेसमय ३० मिनेट थपेकाे छ । निर्वाजन आयोगले बिहान ८ बजे देखी साझा ५ बजेको समय निर्वाचनको लागि तय गरेको थियो ।