बराहक्षेत्र,१६ चैत ।  नेकपा एमालेको मिसन ग्रासरुट अभियान देशका ७ सय ५३ वटा पालिका र ६ हजार ७ सय ४३ वटै वार्डहरुमा एकसाथ  संचालन भइरहेको छ । यसैक्रममा सुनसरीको बराहक्षेत्रमा ४ मा पनि बिहिबार वार्ड भेला समपन्न भएको छ। पार्टी सुदृढीकरण तथा बिस्तार (२ महिने) अभियानको पहिलो चरणको कार्यक्रम वार्ड न. ४ को भेला गर्दै समपन्न भएको हो ।

सबै भेलाहरुमा पार्टी केन्द्रले पालिकामा खटाएको केन्द्रिय अभियन्ता अम्बिका थापा सहित कोशी प्रदेश कमिटी ,जिल्ला र नगरले खटाएका सबै तहका अभियन्ताहरुको  सक्रिय सहभागितामा अभियान चलिरहेको बराहक्षेत्र नगर कमिटीका सचिव राजेन्द्र कार्कीले जानकारी दिनु भयो । 

अभियानको सुरुवात देखि नै सबै भेला तथा योजना निर्माणमा केन्द्रिय अभियन्ता थापा लागायत  एक दर्जन बढि  प्रदेश सदस्यहरु पनि वार्ड-वार्डको जिम्मेवारिका साथ मैदानमा खटिरहनुभएको एमाले जानाएको छ ।  जिल्ला तह र नगर स्तरका गरि झण्डै सयौको संख्यामा नेता कार्यकर्ता संगठित सदस्यहरु,पुराना नेताकार्यकर्ता समर्थक शुभचिन्तक,सेल्टरदाताहरुको घरदैलोमा पुगिरहनुभएको छ । स्थानिय तहको निर्वाचन परिणामको विषयमा समेत गम्भीर समिक्षामा लाग्नु भएको जानकारी प्राप्त भएको छ ।

338674829_584648836730551_7632063993416530402_nआगामी २० गते भित्र वार्ड स्तरीय बृहत् भेला तथा प्रशिक्षण सम्पन्न गर्दै चैत्र अन्तिम सातासम्म सबै जनबर्गिय संगठनका भेला तथा अधिवेशन सहित नगर स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सहित आगामी चैत्रको अन्तिम साताभित्रै कार्यक्रमको समापन सहित कार्यक्रमको प्रतिबेदन केन्द्रमा पठाउने कुरा केन्द्रिय अभियान्ता एवं पार्टी केन्द्रिय सदस्य अम्बिका थापाले बताउनु भयो । 

आगामी चैत्र १९ गते नगरभित्रका सबै तहका अभियन्ताको बैठकबाट मध्यवधी समिक्षा गर्दै युद्दस्तरमा  कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको नगर कमिटीले जनाएको छ ।  सबै टोल भेलाहरुमा ,समेतको व्यापक उपस्थितिले पार्टी नेतृत्व आशावादी र सबै तहका अभियान्ताहरु उत्साहित भएको नगर कमिटी सचिव राजेन्द्र कार्कीले जानकारी गराउनुभयो।