मधुमल्ला,२० चैत्र । नेकपा एमालेको  मिसन ग्रासरुट अभियान  अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार मधुमल्लामा भएको उक्त कार्यक्रमले पालिका सभादल सहित पार्टी -जनप्रतिनिधि समन्वय संयन्त्र पनि गठन गरकोछ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा ,राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दहालको  प्रमुख आतिथ्यता र पार्टी पोलिटव्युरो एवं मिक्लाजुङका ग्रासरुट अभियानका केन्द्रिय अभियन्ता जितु गौतमको  विशिष्ट आतिथ्यता रहेको थियो । 

मिक्लाजुङ ७ का अध्यक्ष शुशिलराज चौह्वानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कोशी प्रदेश कमिटी सदस्य हर्कराज राई  मोरङ जिल्ला सचिवालय सदस्य नरेन्द्र ढुङ्गेल जिल्ला जिल्ला कमिटी सदस्यहरुमा देवीप्रसाद आचार्य,सरला राई,इन्दिरा गौतम,निर्मला राई,तेजनाथ घिमिरे ,गोपाल बस्नेत,बुद्धिमान लिम्बू सहित निर्वाचित जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो। पार्टी उपसचिव चन्द्र लिम्बुले कार्यक्रम संचालन गर्नु भएको थियो।

मिसन ग्रासरुट अभियानकै क्रममा शनिबार भएको नेपाल बुद्धिजीवी परिषदको भेलाले तिल प्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्यिय गाउँ कमिटी चयन गरेको गरेको छ।

5e4057ff-d8e1-488a-b209-c911a3fe22eeत्यसैगरी कम्युनिस्ट आन्दोलनको आधार इलाका रहेको मिक्लाजुङ,फाशिष्ट पञ्चायती बर्बरतासंग जुझ्दै जनवादी संस्कृति निर्माण गर्न जुटेका पुराना  पुस्ता,पछिल्लो पुस्ताका वाम बुद्धिजीवी सहितको उपस्थितिमा विशेष अन्तरक्रिया भयो।

पार्टी पोलिटव्युरो सदस्य एवं केन्द्रिय अभियन्ता जितु गौतमको  प्रमुख आतिथ्यतामा  रहेको उक्त कार्यक्रममा नेता कमल दहाल,नेकपा(एमाले) कोशी प्रदेश कमिटी सदस्य टीकाराम पुरी,नेपाल बुद्धिजीवी परिषद मोरङ अध्यक्ष .सोमराज थापा र कोषाध्यक्ष .रिता पाठक,पुराना कम्युनिष्ट नेता मधुसूदन आचार्य,कमल काफ्ले सहितका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

 कार्यक्रममा क.तीलप्रसाद पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य डिल्लीप्रसाद खतिवडाले स्वागत मन्तव्य गर्नुभएको थियो भने पार्टी सचिव नवीन कार्कीले कार्यक्रम संचालन गर्नु भएको थियो।