विराटनगर,१६ वैशाख । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले कोशी प्रदेशमा पहिचानवादीहरुले विभिन्न अपराधिक गतिविधिहरु गरेकोभन्दै त्यसलाई नियन्त्रण गर्न कोशी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । 

शुक्रबार युवासंघका  केन्द्रीय अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

केहीदिनअघि पार्टीका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र र इलाममा पार्टीको काममा सहभागी हुन जानेक्रममा पहिचानवादीहरुले ढुंगामुढा तथा आक्रमण गरेको भन्दै त्यस्तो अपराधिक गतिविधिहरु गर्नेलाई पक्राउ गरी कारवाही गर्न अध्यक्ष क्षितिज थेबेले माग गर्नु भएको छ ।

युवासंघ कसैको शान्तीपूर्ण आन्दोलन र त्यसको मागप्रति पक्षधर रहेको कसैको बाधा अड्चन गर्दैन तर पहिचानवादीहरुले पहिचानको  बारेमा आन्दोलन  गरेको नभै  पार्टी अध्यक्ष विरुद्ध अवाञ्छित नारा लगाएर अराजक एवं उत्श्रृङ्खल गतिविधि गरी आपराधिक तवरले ढुंगामुडा प्रहार लगायतका क्रियाकलाप गरिएको  अध्यक्ष थेबेले जानकारी गराउनु भयो। पहिचानवादीहरुले शान्तिपूर्ण ढंगले,कोशी प्रदेशको नामांकरण गर्न सहमति गर्ने कांग्रेस माओवादी लगायत राजनितिक दल संग पनि बसेर छलफल गर्नु पर्ने हो तर त्यसो नभै नेकपा एमालेको बिस्तारमा रोक लगाउने पार्टी अध्यक्ष केपी ओलीको मुभमेन्ट रोक्ने,उहाँलाई निरुत्साहित गर्ने क्रियाकलाप देखियो" अध्यक्ष थेबेले भन्नु भयो ।

‘राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र जनजीविकाको आन्दोलनमा आफ्नो सिङ्गो जीवन समर्पण गर्नुभएका समृद्ध नेपाल, सुखी नेपालीका नायक माथि अलोकतान्त्रिक तवरले हमला गरिनु नेपाली जनताको सपना माथिको गम्भीर प्रहार भएको थेबेले व्यक्त गर्नु भयो । आफु लिम्बूको छोरा भएको हुदाँ पहिचानको कुराको बारेमा  पहिचानवादीहरु भन्दा आफुलाई प्यारो र बढि माया लाग्ने र लिम्बू सस्कृतिको बढि जानकार भएको कुरा पनि धेबेले बताउनु भयो ।

पहिचानवादीहरुले  जनताको मुर्छित भएका सपनालाई जागृत गर्ने र जागृत सपनालाई सफलीभूत पार्न अहोरात्र खटिरहनु भएका एमाले अध्यक्षमाथिको आक्रमणको निन्दा गर्दे यस किसिमको अराजक गतिविधिको राष्ट्रिय युवा संघ नेपालले सशक्त प्रतिवाद गर्ने कुरा पनि व्याक्त गर्नु भयो ।

त्यस्तै  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आन्दोलनरत पहिचानवादीहरुलाई हिंसात्मक गतिविधि बाट नगई  कानुनि बाटोमा छलफल गराउन पहल गर्ने कुराको  युवासंघका नेताहरु सँग व्याक्त गर्नु भएको थियो ।

मुख्यमन्त्री कार्यालय विराटनगरमा  ध्यानाकर्षण गराउन  गएका राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिव देवानन्द मेहता केन्द्रीय सदस्यहरु मनोज राई,दिवश वान्तवा राई,मनिष श्रेष्ठ, किरण लामा,निराजन पौडेल,पुर्व केन्द्रिय सदस्य प्रतिक ढकाल,प्रदेशका नेताहरु अरुण गुरुङ,जयप्रकाश रायामाझी मोरङ जिल्ला अध्यक्ष प्रविन घिमिरे, युवा नेता हेमन्त गुरुङ,विराटनगर महानगर कमिटीका अध्यक्ष निराजन ढुंगाना लगायत युवा नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।