काठमाडौं,२५ असार  । प्रतिनिधिसभा बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेलगत्तै संसदीय दलको बैठक बोलाउनु भएको हो। बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बसिरहेको छ। 

357086383_291808190074726_6129116668953130065_nबैठकमा अध्यक्ष ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्नेछन्। सिंहदरवारमा तीन दलका शीर्ष नेताबीच भएको छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बोल्न दिने सहमति गरेका छन् । यसअघि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्दै आएको थियो । उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो ।

सोमबार ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। बैठकमा एमालेको भूमिकाबारे ओलीले सांसदहरूसँग छलफल गर्न लागेका हुन्।